अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ ।

यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार