सभामुख अर्याल तान्जानियाको भ्रमण गरी स्वदेश फिर्ता

तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्कनुभएको छ ।

यही असोज १९देखि २३ गतेसम्म भएको महासभामा उहाँले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गर्नुभएको थियो ।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास तथा बजेटनिर्माणबारे पनि जानकारी लिएको थियो ।

सम्बन्धित समाचार