नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असोज।

राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादशैंको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।
मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।
आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय विदाका दिनपनि बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताउनुभयो । उहाँका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।

