नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असोज।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, आर्थिक एवं सामाजिक विकास, विपत्तिका बेला साझेदारी तथा छरिएका कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षाका निम्ति जस्तोसुकै बलिदान गर्न पार्टीका नेता तथा कार्यकर्ता तत्पर हुनुपर्ने बताउनुभयो ।
पार्टी सहसंयोजक माधवकुमार नेपालले सामाजिक विभेदको अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार नहुने विचार व्यक्त गर्नुभयो ।

