नेपाली कांग्रेसको चियापान कार्यक्रम नहुने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताउनु भएको हो ।

बिपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष आयोजना गर्दै आएको थियो ।

सम्बन्धित समाचार