दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने, खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले जिल्ला धनुषा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।(रासस)

सम्बन्धित समाचार