काठमाडौँमा राइफलको गोलीसहित एक जना पक्राउ

थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो ।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जुवा खालबाट नौ जना पक्राउ

प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट आइतबार तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नौ बुक तास, रु छ लाख ८५ हजार र १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । (रासस)

सम्बन्धित समाचार