नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराउनुभएको हो । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गर्नुभएको थियो ।

यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।(रासस)

सम्बन्धित समाचार