नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले उपाधि जितेको हो ।
प्रधानमन्त्री शाहले आफ्नो सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बधाई दिँदै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।(रासस)

