सुनचाँदीको मूल्य बढ्यो, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो । (रासस)

सम्बन्धित समाचार