हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल हुनुभएको छ । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।(रासस)

सम्बन्धित समाचार