विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति काठमाडौँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो । मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले राससलाई जानकारी दिनुभयो ।

बरामद वस्तु्को परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार