नवकान्तिपुर संवाददाता
महेन्द्रनगर, १२ मङ्सिर l

कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन् ।
पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए ।
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन् । महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन् । शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन् ।
(रासस)
