नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।
सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा भाडा वउद्धि गरेको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सबैखाले सार्वजनिक यातायातमा १० देखि १२ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको छ ।
सवारी साधनको मूल्य वृद्धि, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धि लगायतका आधारका भाडादर वृद्धि गरिएको विभागले जनाएको छ ।
बिहिबार यातायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको दाहालले जानकारी दिए ।
यस अघि व्यवसायीलेको मागअनुसार सरकारले दर्शताका सवारीसाधनमा १० प्रतिशत भाडा वृद्धि गरेको थियो ।
अब सार्वजनिक यातायात चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने छ । यसअघि भाडादर १४ रुपैयाँ थियो ।
सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडामा पनि वृद्धि गरेको हो ।
ट्याक्सीमा भाडा फ्ल्याक डाउन प्रणाली अर्थात चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली लागु गरिएको छ । सोही अनुरुप अब उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसपछि भने प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ ।