नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ जेठ ।
सरकारले केही अघि पक्राउ गरी बन्दी बनाएका नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ का बुबा गिरिबहादुर श्रेष्ठको शुक्रबार निधन भएको छ ।
नेता श्रेष्ठका पिताप्रति श्रद्धाञ्जलि प्रकट गर्दै र परिवारजनप्रति समवेदना व्यक्त गर्दै साे पार्टीका महासचिव नेत्रविक्रम चन्द …विप्लवलेÚ शनिबार शाेक–श्रद्धाञ्जलि वक्तव्य प्रकाशित गरेका छन् । क्यान्सर रोगको उपचार गराउँदा गराउँदै लिखु गाउँपालिका– ५, ओखलढुङ्गा निवासी ७४ वर्षीय श्रेष्ठको जेठ ३१ मा काठमाडौंस्थित अस्पतालमा निधन भएको थियो । महासचिव विप्लवले वक्तव्यमा शोकाकुल पुष्करलगायत परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । दिवंगत श्रेष्ठ दसवर्षे जनयुद्धकालमा तत्कालीन राज्यसत्ताबाट बेपत्ता बनाइएका हेमनारायण श्रेष्ठका समेत बुबा भएकाे महासचिव विप्लवले उल्लेख गरेका छन् ।
महासचिव विप्लवले वक्तव्यमा भनेका छन्– ‘वर्तमान केपी–पीके कम्पनीको दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएपछि सयौं नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाएर हिरासत र जेलको यातनापूर्ण जीवन बिताउन बाध्य पारेको छ । कमरेड पुष्करलाई पनि विभिन्न झूट्टा मुद्दा लगाएर बन्दी बनाइएको छ । बुबा गिरिबहादुर श्रेष्ठले अन्तिम समयमा छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्नुभएको तर उहाँको अन्तिम इच्छालाई समेत लत्याउँदै यो सरकारको गृह प्रशासनले क्रुरता र नीचताको पराकाष्ठा प्रदर्शन गरेको छ । मानवीय संवेदनशीलतामा समेत क्रुरता प्रदर्शन गर्ने केपी–पीके कम्पनीको यस्तो क्रियाकलापप्रति हामी खेद समेत प्रकट गर्दछौं ।’
यस्ताे छ महासचिव विप्लवकाे श्रद्धाञ्जलि र समवेदना वक्तव्य–