मुलुक समृद्धिको दिशामा अगाडि बढिसक्योः मन्त्री अर्याल

पोखरा, ३२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले जनताले प्रश्न गर्ने कुनै ठाउँ नराख्ने बताएकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटीद्वारा वालिङमा आज आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

सरकारलाई यस वर्ष ऐन, नियम बनाउँदा समय लागेकाले चाहेजस्तो काम गर्न नसके पनि हालै सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटको प्रस्तुतिबाट प्रष्ट भएको बताउँदै उनले मुलुक अब समृद्धिको दिशामा अगाडि बढिसकेकाले कसैले चाहेर पनि रोक्न नसक्ने उल्लेख गरिन् । सरकार नयाँ ढङ्गले अगाडि बढेको बताउँदै उनले सिद्धार्थ राजमार्गलाई त्रिदेशीय मेरुदण्डको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।



मन्त्री अर्यालले आफूले पहल गरेर देशकै गौरव सगरमाथाको उचाइ पहिलोपटक नेपाल सरकारकै तर्फबाट नाप्ने कार्य गरे पनि केही मिडियाले अनावश्यकरूपमा हेलिकप्टरको खर्चका बारेमा नचाहिँदो हल्ला फैलाएको बताईन् ।

सम्बन्धित समाचार