लगानीकर्ता संघको राष्ट्र बैंकलाई सुझाव-‘शेयर धितो कर्जाको व्याज घटाइयोस्’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेका बेला विभिन्न क्षेत्रबाट धमाधम सुझावहरु आइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकलाई सुझाव दिइरहेका छन् ।

सोमबार लगानीकर्ता संघले पनि आफ्ना माग तथा सुझावहरु राष्ट्र बैंकलाई बुझाएको छ । लगानीकर्ता संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा आफ्ना मागहरु समेट्न विभिन्न १३ बुँदे सुझाव राष्ट्र बैंक समक्ष पेश गरेको छ । संघकी अध्यक्ष राधा पोखरेलले सोमबार राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबि नेपाललाई भेट गरी ती सुझाब बुझाएकी छन् ।



संघले शेयर धितो कर्जाको व्याज घटाइनुपर्ने,शेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनुपर्ने मुख्य माग राखेको छ । त्यसैगरी,संघले सेयर शिक्षा तथा तालिम लगायतका कार्यक्रम देशब्यापी बनाउने ध्यान दिनुपर्ने, बजेटमार्फत गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याइने विषयलाई कार्यान्वायनमा ल्याउन पहल गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ । त्यसैगरी,सबै लगानीकर्ताहरुले सर्वसुलभ तरिकाले अनलाइन कारोबारबार गर्न पाउनुपर्ने,आरडब्लुएसलाई व्यापक बनाइनुपर्ने माग संघले राखेको छ ।

त्यस्तै,संघले शेयर बजारमा महिला सहभागिता बढाउन घरजग्गा कारोबारमा जसरी छुट दिने व्यवस्था जस्तै शेयर कारोबारमा छुट दिने व्यवस्था गर्नुपर्ने, ठूला–ठूला कोषलाई बजार निर्माताको रुपमा भित्र्याउनुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने माग लगानीकर्ता संघले राखेको छ ।

सम्बन्धित समाचार