नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
विश्वकप क्रिकेटमा मंगलबार आयोजक इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई ठूलै चूनौती परेको छ ।
इंग्ल्यान्ड टिममा इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन रहेका छन् ।
यता अफगानिस्तान टिममा भने गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी रहेका छन्।