नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ ।
प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले बोल्ने अवसर दिएपछि कांग्रेसले रोष्ट्रम घेराउ गरि संसदको प्रक्रिया नै अवरुद्ध भएको थियो ।
कांग्रेसको लगातार विरोध भएपछि सभामुख कृष्णबहादुर महराले बुधबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । प्रधानमन्त्रीले युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्न लागेका थिए।