काठमाडौं । मनकामना केवलकारमा जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन् । केवलकार संचालनमा आएपछि एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ।
‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार यात्रा गर्ने अहिलेसम्मकै सबैभन्दा बढी हो’ केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने। उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाखले केवलकारको यात्रा गर्ने सम्भावना छ।जेठसम्ममा ११ लाख यात्रुले केवलकारको यात्रा गरिसकेका छन् । मनकामना मन्दिर पुर्ननिर्माणपछि केवलकारमा यात्रा गर्ने समेत थपिएका छन् ।
पछिल्लो समयमा यात्रुको चाप बढ्न थालेपछि कम्पनीले केही महिना अघि तीनवटा गोन्डोला (डिब्बा) थपेको थियो। तीनवटा गोन्डोला ९डिब्बा० थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्दै आएको छ । मनकामना दर्शनका लागि नेपाली वाहेक भारतीय पर्यटक समेत उल्लेख्य आउँछन्।
श्रेष्ठका अनुसार केवलकारमा यात्रा गर्नेमध्ये २१ प्रतिशत भारतीय छन् । कम्पनीलेनै सडकमार्गबाट आउने भारतीयका लागि वेसस्टेशनमा खाना पकाउनका लागि आवश्यक पूर्वाधार पनि बनाइदिएको छ।