टिभिएसले ‘सुपर सिजन फाइनान्स फेयर’ आयोजना गर्ने

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “टिभिएस सुपरसिजनफाइनान्स फेयर”को आयोजना गर्ने भएको छ । बुधबार (आज)देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा संचालन हुने यो मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा,एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । जस अनुसारग्राहकहरुले ७।९९ प्रतिशतब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई मासिक किस्ता ५ हजार ५ सय बाट सुरु हुनेछ। ग्राहकहरुले हरेक एक्स्चेञ्जमा तीस हजार सम्मको बोनस प्राप्त गर्नेछन् ।

मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् ७ हजारदेखि १ लाखसम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसकाअतिरिक्त मेलामा टिभिएस बाइक खरीदगर्नु हुने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् ।



देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् टिभिएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिमप्राप्त जनशक्ति परिचालन गरेको छ । टिभिएस आगामी दिनहरुमा पनि ग्राहक लक्षित योजनाहरु र अफरहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार