विश्वकप क्रिकेटमा बिहिबार(आज) बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् । ट्रेन्ट ब्रिजमा नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अष्ट्रेलियाबीचको खेल सुरु हुँदैछ ।
बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने हार ब्यहोरेको छ । यता, अष्ट्रेलियाले आफूले खेलेको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ ।
अष्ट्रेलियाको टिममा आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा रहेका छन्।
यता बंगलादेश टिममा मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल रहेका छन् ।