देशभरी एकैपटक चुनावको व्यवस्था गर्न राष्ट्रपतिको प्रस्ताव

भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार देशैभरी एकैपटक निर्वाचन गर्न प्रस्ताव गरेका छन्र । देश विकासको गति वृद्धि गर्नका लागि एकैपटक निर्वाचन आवश्यक भएको भन्दै उनले यस बारेमा गम्भीरतापूर्वक छलफल गर्न सांसदहरुलाई आह्वान पनि गरे।

हालै सम्पन्न आम निर्वाचनपछि बसेको संघीय सदनको संयुक्त बैठकलाई बिहीबार सम्वोधन गर्दै उनले भने, ‘पछिल्ला केही दशक हामी एक पछि अर्को गरी लगातार निर्वाचनमा व्यस्त हुने गरेका छौँ । कहिले देशको कुन भागमा त कहिले देशको कुन भागमा निर्वाचन हुने गरेको छ भने कहिले देशैभरी निर्वाचन हुने गरेको छ, यसले हाम्रो विकासको गतिलाई अवरोध गरेको छ,’ उनले थपे ।



सङ्घीय सदन, प्रदेश र स्थानीय तह गरी राज्यका सवै निकायको निर्वाचन एकै पटक गर्नुपर्नेमा उनले जोड दिए । यसले देश र जनतालाई नै फाईदा गर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार