भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुन्छ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको काममा बाधा पुर्‍याउने उद्देश्यले सरकार पुर्नगठनको हल्ला फिँजाइएको बताएका छन् । काठमाडौंको एक कार्यक्रममा बुधबार उनले सरकारलाई कमजोर बनाउनका लागि पुर्नगठनको अफवाह फैलाइएको बताए ।

वर्तमान सरकारले राम्रा काम गरेपछि कसरी असफल पार्न सकिन्छ भन्ने उदेश्यले चौतर्फी घेराबन्दी गर्ने प्रयास असफल हुने मन्त्री महासेठले बताए । उनले भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुने दाबी गरे ।



उनले सरकारले विकासका महत्वपूर्ण स्तम्भ मनिने हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तार लगायतका महत्वपूर्ण आयोजनाहरु निर्धारित समय अगावै सम्पन्न गरिने दाबी गरे ।

सम्बन्धित समाचार