गुठी संस्थान खारेज गर्न सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै सांसद सुवालले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरी सम्बन्धित स्थानीय तहलाई नै दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



अर्का सांसद पार्वत गुरुङले भूमिहिनको समस्या समाधान गर्न ‘विशेष आवास क्षेत्र’को व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न सरकारलाई सचेत गराएकी हुन् । उनले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित समाचार