कामनाको स्मार्ट टेलर सेवा सुभारम्भ

‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैंकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको छ । बैंकको मोवाईल बैंकिङ सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैंकिङको QR Code को मार्फत चेकबुक र ATM कार्ड बिना नै निकाल्न सक्नेछन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।



सम्बन्धित समाचार