ककनी नुवाकोट काठमाडौं सम्पर्क समिति गठन

नुवाकोटको ककनी गाउँपालिकाले ककनी नुवाकोट काठमाडौं सम्पर्क समिति गठन गरेको छ । नुवाकोटको ककनी गाउँपालिकाबाट काठमाडौंमा आई विभिन्न पेशा,व्यवसाय गरेर बस्दै आएका नेपाली काँग्रेस सर्मथक कार्यकर्ताहरूको बृहत भेलाले यही मिती आसार २१ शनिबारका दिन केन्द्रीय नेता डा.रामशरण महतको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि अर्जुननर्सिङ्ख केसी, बहादुरसिहं लाम , जिल्ला सभापति जगदीशनर्सिङ्ख केसी, क्षेत्रीय अध्यक्ष अर्जुन न्यौपाने सहितको उपस्थितिमा १९ सदस्य समिति गठन भएको छ । उक्त समितिको अध्यक्ष ऋषिकुमार तमाङ, सल्ल्लाहकारमा ज्योति फुयाल र प्रेस सल्लाहकारमा नवराज घिमिरेलाई सर्वसम्मत चयन गरिएको कुरा जिल्ला सभापति केसीले जानकारी गराएका छन ।

नयाँ विधानमा व्यवस्था भएबमोजिम ककनी गाउँपालिका काठमाडौं सम्पर्क समिति गठन गरिएको कुराको जानकारी गराउदै अब यसरी नै नुवाकोट जिल्लाका सबै गाँउपालिका र नगरपालिकाहरूमा सम्पर्क समिती गठन गरिने र काँग्रेसलाई गाउँदेखि जिल्लासम्म मजबुत बनाउन यस्ता सम्पर्क समितिहरूको ठूलो भूमिका रहने कुरा पनि जिल्ला सभापति केसीले नवकान्तिपुरका संवाददातालाई बताए ।



भेलालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिति महतले हिजोका दिनमा काँग्रेसले नै यो देशलाई बचाएको र भोलिका दिनमा पनि काँग्रेसले नै देशको निकास दिनेमा ढुक्क भएर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए । उनले हालै आएको बजेट विकासमुखी नभएको टिप्पणी गरे । भेलामा विशिष्ट अतिथि अर्जुन नर्सिङ्ख केसीले अब गुट उपगुटमा नलागी काँग्रेस एक भएर अगाडि बढ्ने कुरा बताए ।

त्यस्तै अर्का नेता बहादुरसिहं लामाले एकले अर्कालाई निस्तेज पार्ने तरिकाले अघि बढेमा काँग्रेस नै सिद्धिने भन्दै मिल्नुको विकल्प नरहेको बताए । उनले यदि कसैले पेलेरै लान खोज्छ भने आफूले पनि डटेरै सामना गर्ने कडाचुनौती समेत दिए । बोल्ने क्रममा क्षेत्रीय सभापती अर्जुन न्यौपानेले काँग्रेस विचार, सिद्धान्त र पद्दतिमा चल्ने पार्र्टी भएकोले यसबाट विमुख हुन कोही पनि सक्तैन भन्दै उनले भने– पार्टीभित्र पनि अरूको अस्तित्वलाई स्वीकार गरेर जान सक्ने परिपाटीको विकास हुन जरूरी छ ।

सम्बन्धित समाचार