नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।
नेपाली कांग्रेस नुवाकोटले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई ज्ञापन पत्र बुझाएकाे छ । ‘कांग्रेस ककनी नुवाकोट सम्पर्क समिति र जिल्ला कार्य समिति नुवाकोट’को संयुक्त प्रयासमा डेलिकेशनको आयोजना गरी मनत्रीलाइ ज्ञापन पत्र बुझाएकाे हाे ।
भेटमा जिल्ला पार्टी सभापति जगदीश नरसिंह केसी, सम्पर्क समितिका अध्यक्ष ऋषिकुमार तमाङसहित स्थानीय ५० जनाभन्दा बढीको समूह मन्त्रालयमा गई सभापति केसीको हातबाट ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउदै पार्टी सभापति केसीले काठमाडौं जोडने प्रमुख नाकाहरू पासुङ्ख ल्याह्मु राजमार्ग (काठमाडौं नुवाकोट रसुवा जोडने), काठमाडौं छहरे टोखा केरुङ मार्ग, तीन पिप्ले, ओखरपैवा डम्पिङ्ख साइट, कुमरी गल्छी मोटरबाटोआदि काठमाडौं जोड्ने नाकाहरू ठेकेदार कम्पनीको लापरर्वाहीले केही वर्षदेखि अस्तव्यस्त भएकोले नुवाकोट/रसुवाका जनाताहरूलाई आवतजावत गर्न तथा स्थानीय व्यवसायीहरूको व्यवसाय सञ्चालनमैं अवरोध भएकोले यी बाटाहरूको अविलम्ब सञ्चालनको लागि मन्त्री समक्ष जोडदार माग गरिएको कुरा भेलाको नेतृत्व गर्नु हुने जिल्ला सभापति केसीले बताए ।
काठमाडौंसँग जोडिएका ती नाकाहरूको विषयमा आफु पनि जानकार रहेको कुरा मन्त्री महासेठले डेलिगेसनलाई बताउँदै त्यस विषयमा प्रधानमन्त्रीले पनि चासो रहेको उनले बताए ।
मन्त्रीले अबको सातदिनभित्र ती सबै नाकाहरू सञ्चालनमा आउने जानकारी दिएकाे कांग्रेस पार्टीले जनाएकाे छ । मन्त्री महासेठले ठेकेदार कम्पनी शैलुङ्ख कन्ट्रक्शनलाई कारर्वाहीस्वरूप १० प्रतिशत हुन आउने रकम १० करोड जरिवाना असुल गरिसकिएको पनि जानकारी गराउदै भने– ‘अब पनि काम नगरे ब्ल्याकलिस्टमा राखी वैकल्पिक बाटो खोजिने छ ।’