छविले लेखे शिल्पालाई पत्र – संसारको कुनै अदालतमा जानु पर्दैन, मेरै अदालत आउनुस्

चर्चित चलचित्र निर्माता एवं निर्देशक छविराज ओझाले पत्नी एवं नायिका शिल्पा पोखरेललाई घर फर्किन आग्रह गरेका छन् ।

आफूमाथि घरेलु हिंसा गरेको भन्दै गत साता महानगरीय प्रहरी परिसर (टेकु)मा उजुरी दिएकी शिल्पा र छबीबीच प्रहरी कार्यालयमा ‘सहमति’ भए पनि उनी घर गएकी छैनन् । प्रहरी समक्ष भएको छलफलमा छबीले माफीसमेत मागेको बताइएको छ । तर शिल्पाले भने आफू अदालत जाने बताएकी थिइन् ।



शिल्पाले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको थाहा पाएपछि छबीले फेसबुकमा उनको नाममा स्टाटस राखेको हुन सक्ने बताइएको छ । स्टाटसमा उनले लेखेका छन्,

शिल्पा जि,

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसगं सम्बन्ध बिच्छेद भईसकेपछि तपाईसगं चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो । तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ ।

हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।

सम्बन्धित समाचार