म जेल जान तयार छु : प्रियङ्का गान्धी

भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन्। गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’  उनले ट्विटरमा लेखेकी छिन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छिन्।



आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

सम्बन्धित समाचार