प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ ९एनयुएच९ मा स्वास्थ्य परीक्षणका गर्न आज साँझ त्यसतर्फ जाँदै छन् । गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् ।
स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका प्रधानमन्त्री ओली एक साता बस्ने छन् ।
गत शुक्रबार छाउनीमा गरिएको नियमित परीक्षणमा उनको युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । सो परीक्षण गर्दा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिएको थियो ।
चिकीत्सकका अनुसार रेनल ९मिर्गौलाको० बायोप्सीमा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ । यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर थाहा पाउन गरिन्छ ।
मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिएमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मात्र यस्तो परीक्षण गरिन्छ ।
प्रधानमन्त्री ओलीको सन् २००७ मा भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा देखिएको संक्रमण देखिएपछि थाइल्याण्ड र दिल्लीमा उपचार उपचार गराएपछि मात्र निको भएको थियो ।