मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा वरिष्ठ नेता खनालको जोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५औँ जन्मजयन्तीको सन्दर्भमा जीवराज आश्रित फाउण्डेशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको विकास आर्थिक विकास भएको भन्दै तीनखम्बे अर्थनीतिलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘जीवराज आश्रितका लोकतन्त्रलगायतका न्यूनतम सपना पूरा भएका भएका छन्, तर समाजवादी सपना अझै पूरा हुनसकेको छैन, अबको नयाँपुस्ताले त्यो सपना गर्नुपर्ने छ ।’ वरिष्ठ नेता खनालले स्व नेता आश्रित कुशल सङ्गठक मात्र नभएर सिद्धान्तकारलगायत बहुआयामिक व्यक्तित्व भएको भन्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको कदर गरे ।



नेकपाका सचिवालय सदस्य वामदेव गौतमले कमरेड आश्रितलाई साहित्यकार, राजनीतिज्ञ, सिद्धान्तकार र कुशल सङ्गठकको रुपमा चिन्न सकिन्छ भने । नेकपाका नेता युवराज ज्ञवालीले “हिजोको सङ्घर्ष राजतन्त्र हटाएर लोकतन्त्र ल्याउनु थियो, तर आजको संघर्ष फरक छ, आज जनताको अपेक्षा पूरा गर्नु छ, विकास गर्नुछ, त्यसैले फरक तरिकाले काम गर्नुपर्ने छ” भने ।

सम्बन्धित समाचार