इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टनमाा आबद्ध भएका छन् ।
१९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्रयाउन एभर्टनले ४४ मिलियन डलर खर्च गरेको छ । कीनले बार्षिक ३.३ मिलियन डलर पारिश्रमिक पाउने गरी एभर्टनमा ५ बर्षको लागि सम्झौता गरेका छन् ।
इटालीको राष्ट्रिय टिमबाट समेत खेलिसकेका कीनले गत सिजनमा सिरी ए मा युभेन्टसबाट १३ खेल खेल्दै ६ गोल गरेका थिए । कीनले इटालीबाट ३ खेल्दै २ गोल समेत गरेका छन् ।
मोइसले एभर्टनसँगको सम्झौतापछि खुशी व्यक्त गर्दै एभर्टनमा आफुले आफ्नो भविष्य देखेर आएको बताएका छन् ।