महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ शुरु भएको ‘१८ औं तीज फेस्टिवल–सिर्जनशिल उद्यमी मेला २०७६’ मेलाको आज अन्तिम दिन हो । काठमाडौंको भृकुटीमण्डपमा गएको बिहिबारदेखि मेला शुरु भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त मेलाको उदघाटन गरेकी थिइन् ।
मेलामा २ सय भन्दा बढी कम्पनी, संघ संस्थाहरुको सहभागीता रहेको छे । मेलामा विभिन्न महिला समूहहरुले उत्पादन गरेका उत्पादनहरु प्रदर्शनमा छन् । यसका साथै मेलामा फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ् कार्यशाला, बालबालिकाहरुका लागि गेमिंङ जोन, लाइभ म्यूजिक एण्ड कल्चरल प्रस्तुति लगायतका स्टलहरु पनि राखिएका छन् ।
इभेन्ट संसारले व्यवस्थापन गरेको मेलामा एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ