संसदमा राजेन्द्र महतोको हुँकारः कुन राजेन्द्र महतोको नागरिकता खारेज गरिएको हो ?

साेमबार दिउँसो संसदलाई सम्बोधन गर्दै राजेन्द्र महताले आफ्नो नागरिकता खारेज गरिएको भन्ने बारे भ्रम नफैलाउन सरकारलाई कडा चुनौती दिएका छन् । उनले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी संसद समक्ष जानकारी दिएका थिए । नागरिकता खारेज हुनेमध्ये एक जना राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए ।

त्यही कुरालाई लिएर मिडीयाले आफ्नो नागरिकता खारेज भयो भनेर प्रचार गरेको संसद महताले आरोप लगाए । यस्तो संवेदनशिल विषयमा सरकारले तथ्य सहित जानकारी दिनु पर्ने उनको जिकीर थियो किनकी राजेन्द्र महतो नाम गरेका व्यक्ति त सयौं छन् ।



नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण नदिई सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रम फैलाउन खोजेको भनी आरोप लगाए ।

उक्त घटनामा आफ्नो मानहानी भएको भन्दै सरकारसँग माफी माग्न उनले जोडदार माग गरे । उनी अगाडि भन्दै थिए कि सरकारले माफी माग्नु पर्दछ र संचार माध्यमले पनि यस्ता संवेदनशील कुरामा विचार पुर्याउनुपर्दछ ।

सम्बन्धित समाचार