भारतीय मिडियामा अभिनेत्री साम्राज्ञीको चर्चा

काठमाडौँ । केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । गएको तीन दिन अगाडि भारतको नम्बर एक टेलिभिजन च्यानल आजतकको अनलाइनमा अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो । उनको फिल्म र बैबाहिक जीवनबारे पनि चर्चा गरिएको थियो ।

शुक्रबार फेरि आज तकले नेपाली फिल्मकी अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विषयमा समाचार प्रकाशन गरेको छ । जसमा उनलाई नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्रीको रुपमा प्रस्तुत गरिएको छ । आज तकका लागि प्रिया शान्डिल्यले लेखेको सो समाचारमा फिल्म ड्रीम्सबाट डेब्यू गरेकी शाह आज नेपाली फिल्मकी हाईएस्ट पेड एक्ट्रेस बनेको उल्लेख गर्दै मात्र तीन वर्षमा उनको स्टारडमले निकै ठूलो रुप लिइसकेको उल्लेख गरिएको छ ।



फिल्ममा करिअर बनाएकी उनी वास्तविक जिन्दगीमा भने राजघरानाको सदस्य रहेको समाचारमा उल्लेख गरिएको छ । साम्राज्ञीको वंशजका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाउने श्रेय दिने गरेको र उनको बंशजका ज्ञानेन्द्र शाह नेपालको राजा भएको पनि जानकारी दिइएको छ ।

साम्राज्ञीले एक फिल्मका लागि १६ लाख पारिश्रमिक बुझ्ने गरेको पनि खुलाइएको छ । सम्राज्ञीले फिल्म रातो टिका निधारमा १६ लाखमा साइन गरेकी थिइन् ।

ुशाहले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएकी थिइन् । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन्ु, समाचारमा उल्लेख छ । तर, आज तक ले डेब्यू फिल्म ड्रिम्स हिट भए पनि उनको अभिनयको खासै प्रशंसा नभएको लेखिएको छ ।

सम्बन्धित समाचार