नयाँ योजनाका साथ जनताका बीचमा आउछौं : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए । निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं २ ले मंगलबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको नीति कार्यक्रम तथा बजेटबारे जानकार रहन आग्रह गरे ।

“स्थानीय तहमा कहाँ कति बजेट पयोर्, नीति कार्यक्रम कस्ता छन् रु, तपाईहरु अध्ययन गर्नुस्, आफ्नै वडामा आएको बजेटबारे थाहा नपाउने स्थिति हुनुहुँदैन” उनले भने । उज्जवल राजनीतिक भविष्यका लागि पार्टीको नीति बुझ्न जरुरी रहेकाले तल्लो तहबाटै सक्रियता बढाउन कार्यकर्तालाई उनले आह्वान गरे ।



पार्टीका योजना र दृष्टिकोणका साथ नेकपाले जनताका बीचमा आउने तयारी गरेको महासचिव पौडेलले बताए । “हामी पार्टी तथा सरकारको नीति र नेतृत्वका विषयमा जनताको विचार सुन्न चाहन्छौँ र जनताकै सुझाव र इच्छाअनुसार अगाडि बढ्छौँ”, उनले भने ।

उनले पार्टी एकता प्रक्रिया बलियो जगमा खडा भएकाले आपसी विमति नरहेको स्पष्ट पारे। “हामीले पार्टी एकताका क्रममा जे निर्णय गयौ ती परिपक्व छन्”, उनले भने । पार्टी एकता जनताका पक्षमा रहेको बताउँदै पौडेलले पार्टी एकता र पार्टीको भविष्यप्रति शङ्का गर्ने ठाउँ नरहेको धारणा राखे ।

सरकारले विकास र सम्मृद्धिको अभिभारा पूरा गर्नेमा ढुक्क रहन समेत उनले आग्रह गरे । कार्यक्रममा नेकपा राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जनताको विकास र समृद्धिको सपना पूरा गर्न नेकपा दृढ रहेको बताए ।

सम्बन्धित समाचार