कट्रिनाकी बहिनी पनि बलिउडमा पदार्पण गर्दै

मुम्बई । बलिवुड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफ पनि बलिवुडमा डेव्यु गर्ने तयारीमा रहेकी छन् । इसाबेललाई सुपरस्टार सलमान खानले दिदी कट्रिना कैफलाई जस्तै बलिउडमा लन्च गर्न लागेका हुन् ।

सलमानले आफ्ना बहिनी ज्वाई आयुष शर्मा र इसाबेललाई लिएर नयाँ फिल्म क्वाथा बनाउने घोषणा गरेका छन् ।



यो फिल्म सत्य घटनामा आधारित हुने बताइएको छ । यो फिल्म भारतीय सेनाको कथामा आधारित हुने बताइएको छ भने यस फिल्ममा आयुष सैनिकको भूमिकामा हुने छन् । यस फिल्मलाई करण भुटानीले निर्देशन गर्ने भएका छन् ।

आयुषले यस अघि लभयात्री फिल्मबाट बलिवुडमा डेव्यु गरेपनि सो फिल्म बक्स अफिसमा त्यति सफल भने हुन सकेको थिएन ।

सम्बन्धित समाचार