नेम्कुलको निर्देशनमा ‘किन दुख्छ मेरो मुटु’ सार्वजनिक

२३ जुलाई को दिन शूटिङको लागि क्यामेरा लिन जाने क्रममा बिहान ९ बजे ओस्लोको एक बस स्टपमा बस कुरिरहेको अबस्थामा किन दुख्छ मेरो मुटु किन जल्छ छाती बोलको म्युजिक भिडियोका निर्देशक गंगा बहादुर नेम्कुललाई ओस्लो नर्बेली पुलिसले बसस्टपमा रोकि काम जान लागेको हो भनी सोध्यो । जवाफमा नेम्कुलले होइन म निर्देश हुँ शूटिङ मा जान लागेको हो भन्दा नेपालबाट आएर ओस्लो जस्तो बिश्वको महगो शहरमा म्युजिक भिडियो बनाउने रे यो बिश्वास गर्न सकिदैन भन्दै हिरासतमा लिएको थियो ।

चार दिन अनुसन्धान गरि सके पछि नेम्कुलको सिड्नी अष्ट्रेलिया देखि नै फिल्म क्षेत्रमा काम गरेको देखे पछि बल बिश्वास गरेर यो म्युजिक भिडियो छायांकन गर्न दिएको थियो । शुक्रबार गायिका टीका गुरुङको युतुब च्यानल मार्फत उक्त भिडियो सार्वजनिक भएको छ ।



नेम्कुलको हाल सम्म अष्ट्रेलियन सरकार रकदेल काउन्सीलको आर्थिक सहयोग प्राप्त गरि निर्माण भएको छोटो चलचित्र म्हसिका, बास्तविक कथामा आधारित बहुभाषी चलचित्र टेम्पो चालकको निर्माण गरिसकेका नेम्कुलको हालै मात्र पोर्तुगलमा छायांकन गरेको संगीतकार न्यु ब्रजाचार्यको संगीत तथा गायक सन्तोष लामाको स्वर रहेको आकाशको जुन बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गायिका टीका गुरुङको स्वर रहेको उक्त भिडियोमा मोडल सारा श्रेष्ठको अभिनय रहेको छ ।

 

सम्बन्धित समाचार