नेपाल–पेरू उद्योग वाणिज्य संघको अध्यक्षमा खेतान

नेपाल–पेरू उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा हालै काठमाडौंमा सम्पन्न भएको छ । नेपालका लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नयाँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूमा उपाध्यक्षमा राकेशकुमार सरावगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा अनिल अग्रवाल तथा सदस्यहरूमा क्रमशः निर्मलराज पौडेल, ललित अग्रवाल तथा कुञ्जविहारी मोर रहेका छन् ।



साधारणसभामा बोल्दै अवैतनिक महावाणिज्यदूत अग्रवालले नेपाल र दक्षिण अमेरिकी मुलुक पेरूबीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई थप मजबुत बनाउन नेपाल–पेरू उद्योग वाणिज्य संघको स्थापना गरिएको जानकारी दिए ।

अहिले पेरूबाट नेपालले जिङ्क र आल्मुनियम आयत भइरहेको जानकारी दिंदै अग्रवालले नेपालबाट निर्यात गर्ने तथा नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले पेरू उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग यथाशीघ्र वार्ता गर्ने कुराको पनि जानकारी दिए ।

आर्थिक र व्यवसायिक सम्बन्धलाई विस्तार गर्ने उद्देश्यले सन् २०१२ मा नेपाल–पेरू उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

सम्बन्धित समाचार