नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
चक्रपथ विस्तारको दोस्रो चरणको काम फागुनबाट सुरु गरिने भएको छ । दोस्रो चरण अन्तर्गत कलंकी–महाराजगंज र कोटेश्वर–तिलगंगा सडक खण्ड विस्तार गर्न लागिएको हो ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्ण रूपमा खाली अर्थात ‘साइट क्लियर’ गरेर विस्तारको काम सुरु गरिने छ । जसअन्तर्गत फागुनसम्म बिजुली पोल, रुख र खानेपानी ढललगायतका अन्य अवरोध हटाएर सिमांकन गरिने जनाइएको छ । सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ । कलंकी–महाराजगंज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइड क्लियर’खाली हुनुपर्ने चिनियाँ पक्षको भनाइ छ ।
बिजुलीको पोल सार्नको लागि १० करोड ७२ लाख नेपाल विद्युत् प्राधिकरणलाई सम्बन्धित पक्षले बुझाइसकेको छ । कंलकी–महाराजगञ्ज खण्ड चीन सरकारको अनुदान सहयोगमा निर्माण गरि दिन लागेको हो । नेपालले निर्माणका लागि साइट क्लियर गरेसँगै चीनले ठेकेदार छनोट गरी काम थाल्ने विकास साहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
प्रमुख थापाले भने, “कलंकी–कोटेश्वर खण्डमा सडक साइट क्लियर नगरीदिँदा तीन वर्षमा सकिने काम ५ वर्ष लागेको भन्दै चीनले यसपटक हामीले क्लियर गरेर दिएमा दुई वर्षमै निर्माण सक्ने जनाएको छ ।” कलंकी–महाराजगञ्ज खण्डको साढे आठ किलोमिटर क्षेत्रभित्र निर्माण भएका संरचना हटाएर फागुनसम्ममा चीन सरकारलाई हस्तान्तरण गर्ने तयारीमा महाशाखा रहेको थापाको भनाइ छ ।
कुल ६२ मिटर चौडाईमा ९केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर० रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँवायाँ २(२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाईमा भने नेपाल सरकारले एक(एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ । साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ ।
चीनको सरकारी कम्पनी सांघाइ कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो ।