मानविकीमा अब चारबर्षे स्नातक सञ्चालन गरिने

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ । साउन २६ गते मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनको कार्यालयमा बसेको बैठले यहि शैक्षिक सत्रदेखि चारबर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले उक्त चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रमको स्वीकृति समेत गरेको छ ।

बैठकले २०७५ चैत २८ देखि २०७६ साउन १० गतेसम्म विद्यापरिषद्को स्थायी समितिले गरेको ४ वटा वैठकका विभिन्न निर्णयहरु अनुमोदन गर्नुका साथै २०७५ चैत २८ देखि २०७६ साउनसम्म व्यवस्थापन समितिले गरेको विभिन्न निर्णयहरुसमेतको अनुमोदन भएको छ ।



विद्यापरिषदको उक्त बैठकलाई सम्बोधन गर्दै त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयले बहुउद्देश्यीय र वहुविषयगत पाठ्यक्रमहरु निर्माण गर्दै समाजका सम्पूर्ण माग एवं आवश्यकताहरुलाई सम्वोधन गनुपर्ने धारणा व्यक्त गरे । एक्काइसौ शताब्दीको उच्चशिक्षाले समाजका विविधपक्षहरुलाई सम्वोधन गर्नुपर्ने भन्दै उनले विषयसमिति लगायतका सम्वन्धित क्षेत्रमा पर्याप्त प्राज्ञिक बहस एवम् चिन्तन हुनुपर्ने बताए । विद्यापरिषदमा आएका प्रस्तावका वारेमा केही संस्थागत अस्पष्टता देखिएकोले नियम संशोधन गरेरै क्षेत्राधिकारको बारेमा स्पष्टता पारिने बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा।डा शिवलाल भुषालले निर्णयका विषयम विद्यापरिषद्का सदस्यहरुले उठाएको जिज्ञासाहरुलाई सम्वोधन गर्दै चारवर्षे स्नातक तहलाई व्यवस्थित पार्न सम्पूर्ण प्राज्ञिक समुदायहरुको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । बैठकमा इतिहास केन्द्रीय विभागका प्रमुख प्रा. डा शंकर थापा,राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा रामकृष्ण तिवारी,मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा।डम्बरध्वज चेम्जोङ, अंग्रेजी केन्द्रीय विभागका प्रमुख डा.अनिरुद्र थापा, संस्कृति केन्द्रीय विभागका प्रमुख प्रा.डा नारायण प्रसाद गौतम,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जिवी खनाल वौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज ज्ञवाली लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए।
समाचार स्रोत त्रिभूवन विश्वविद्यालय

सम्बन्धित समाचार