रणवीरले मागे आलियाको हात

हिन्दी सिनेमा जगत्का दुई चर्चित व्यक्तित्वहरू रणवीर कपूर र आलिया भट्टका बीच बिहे हुने कुरा अब निश्चितजस्तै भएको छ । हालै रणवीर कपूरले आलियाका पिता फिल्म मेकर महेश भट्टसँग औपचारिक रूपमा आलियाको हात मागेपछि यी दुईबीच बिहे हुने पक्का भएको हो ।

एजेन्सीका अनुसार महेश भट्टका अगाडि आलियाको हात मागिरहँदा रणवीर धेरै भावुक बनेका र उनका आँखा रसाएका थिए । यस अवसरमा एजेन्सीसँग कुरा गर्दै महेश भट्टले आलिया र रणवीर एक अर्कालाई माया गर्ने र आफूले पनि रणवीर कपूरलाई मनपराउने जानकारी दिएका थिए ।



कपूर र भट्ट परिवारको आपसी सहमतीमा सन् २०२० भित्र उनीहरू दाम्पत्य जीवनमा बाँधिने पक्कापक्कीजस्तै भएको छ ।

सम्बन्धित समाचार