

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ तथा रिटनी माइग्रेन्ट नेपालले सहकार्य गरेको रक्तदान कार्यक्रममा रक्तदान अभियान्ता तथा सञ्चारकर्मी नेत्र बिक्रम बिमलीले १०१ औं पटक रक्तदान गरेका छ्न ।
‘रक्तदान कार्यक्रममा सहभागी बनौ, रक्तदान गरौं, जीवन बचाऔ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना तथा नेपाली रक्तदाता संघ, रिटनी माइग्रेन्ट नेपालको सहकार्यमा हालै नेपाल प्रज्ञा प्रतिष्ठानमाको प्राङ्गण कमलादीमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा बिमली लगायत ४७ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले बताएका छन् ।
नेपाली रक्तदाता संघ तथा रिटनी माइग्रेन्ट नेपालले आफ्नो स्थापनासँगै रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिदै आएका छ्न् ।

