विश्वको सबैभन्दा महँगो आलु चिप्स, ६४०० रुपैयाँमा जम्मा ५ वटा

आजको समयमा आलु चिप्स कसलाई मन पर्दैन र, प्रत्येक व्यक्ति यसलाई खान खोज्दछ । जब हामीलाई भोक लाग्दछ वा हामी कतै यात्रा गर्दछौं हामी चिप्स किनेर खान्छौं किनकी यो चटपटे, पीरो पीरो र कुरकुरे हुन्छ ।

सामान्यतया चिप्सको प्याकेटको मूल्य २०, ३० वा ४० रुपैयाँ हुन्छ तर आज हामी यस्तो आलु चिप्सको बारेमा बताउन गैरहेका छौं कि जसबारे थाहा पाएर तपाईं दंग हुनुहुनेछ ।



दुनियाँको सबभन्दा महँगो आलु चिप्सको मूल्य कति हुन सक्दछ यसको मूल्य सुनेर तपाईले विश्वास गर्नुहुँदैन ।

स्वीडेनमा एउटा सेन्ट एरिक्स बु्रवरी (St. Eriks Brand Manager Marcus Friari) एउटा कम्पनी छ । दुनियाँको सबभन्दा महँगो आलु चिप्स बनाउने कम्पनीको रुपमा यो पर्दछ । खास कुरो यो छ कि यसको एउटा प्याकेटमा केवल पाँचवटा मात्र आलुचिप्स रहन्छ ।

पुरा प्याकेटको मूल्य ५६ डलर अथवा लगभग ६४०० रुपैयाँ हो । यदि एउटा आलु चिप्सको हिसाब लगाउने हो भने यसको मूल्य रु. १२५४ पर्दछ । तपाईले यो सोच्नुहोला कि साधारण देखिने यो आलुचिप्सको यति धेरै मूल्य किन परेको होला, ल सुन्नुस् अब हामी यस बारेमा बताउँछौं ।

वास्तवमा खास किसिमको यस आलु चिप्स बनाउने वाला कम्पनी अनुसार यसमा जुन सामाग्रीको प्रयोग गरिन्छ त्यो निकै दुर्लभ छ । चिप्समा जुन प्याजको प्रयोग गरिन्छ त्यो एउटा खास प्रजातिको हो, जुन लेकसैंड शहरमा मात्र पैदा हुन्छ ।

यो चिप्स मैत्स्कुट मशरुम (matsutsake mushrooms), ट्रफल्ड सीवीड ( truffle seaweed), इंडिया पेल एले वोर्ट ( India Pale Ale), क्राउन डिल(crown dill), लेक्सैंड प्याज (Leksand onions ), जस्ता पाँच स्वादमा उपलब्ध हुन्छ । सेंट एरिकको आधिकारिक वेबसाइट अनुसार यी चिप्सद्वारा कमाइएको पैसाको च्यारिटी गरिन्छ ।

यी चिप्सको पैकिंग यसरी गरिन्छ कि मानौं यी कुनै आलु चिप्स होइनन् कुनै महँगो ज्वेलरी हो । यो खास चिप्स पाँच स्वादमा उपलब्ध छ । यद्यपि यो ग्राहकको खास माँगमा नै बनाइन्छ ।

साथै चिप्सको डब्बामा कम्पनीको एउटा प्रमाणपत्र पनि हुन्छ जसले गर्दा सक्कली र नक्कलीको पहिचान हुन सकोस् । यो कुरा पनि थाहा पाइराख्नोस् कि यो चिप्स केवल सय बक्स मात्र बन्छ र अहिले स्टक भन्दा बाहिर छ ।

सम्बन्धित समाचार