जोन अब्राहमको ‘बाटला हाउस’ले कमायो तीन दिनमा ३५ करोड

बिहीबारदेखि प्रदर्शनमा आएको जोन अब्राहमको चलचित्र ‘बाटला हाउस’ ले तीन दिनमा ३५ करोड कमाई गरेको छ।

पहिलो दिन बिहीबार १५.५५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शुक्रबार ८.८४ करोड र तेस्रो दिन शनिबार १०.९० करोडसहित कुल ३५.२९ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्।



चलचित्र भारतको स्वतन्त्रता दिवशको अवसरमा बिहीबार १५ अगष्टबाट प्रदर्शनमा आएको हो।

निखिल आडबाणीको निर्देशन तथा जोन अब्राहम र मृणाल ठाकुरको मुख्य अभिनय रहेको चलचित्र सन् २००८ मा दिल्लीमा भएको बाटला हाउस इन्काउटरको कथामा आधारित छ।

सम्बन्धित समाचार