स्यान्डविच दिन ढिलाई गरेपछि वेटरको गोली हानी हत्या

पेरिसको एक बाहिरी क्षेत्रमा पिज्जा र स्यान्डविचको एक रेस्टुरेन्टमा ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । वेटरले स्यान्डविच ल्याउन ढिला गरेकाले उनको हत्या गरिएको बताइएको छ ।

पेरिसको पूर्वी क्षेत्रमा रहेको नोइजी ल ग्रान्डको एक रेस्टुरेन्टमा गोली चलेको आवाज आएपछि वेटरहरुले प्रहरीलाई खबर गरेका थिए । वेटरको काँधमा गोली लागेको थियो । २८ वर्षीय ती वेटरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।



प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारी आफूले समयमा स्यान्डविच नपाएकाले निकै रिसाएका थिए । उनले आफ्नो नियन्त्रण गुमाए र वेटरलाई प्रहार गरे । त्यसपछि बन्दुकधारी त्यहाँबाट फरार भए । त्यहाँको स्थानीय प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार