रवि लामिछानेकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिदै

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरी परिसर काठमाण्डौमा जाहेरी दिने भएकी छिन् ।
पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेको मुद्दामा विद्युतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जान लागेको जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन “Today l am going to lodge FIR, against those who manipulated digital/electronic evidence related to my husband Mr Rabi Lamichhane case, at Metropolitan Police Range Teku Kathmandu…
“ We are for TRUTH; We are for JUSTICE”
#proudtobeyourwife# with Rabi Lamichhane पत्रकार रबि लामिछानेको मुद्दामा विद्युतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जाँदैछु ।”



 

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि हिजो (मंगलबार) पाँच दिन म्याद थप गरिएको थियो ।

यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । गएको साउन २० गते नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न वाध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार