पत्रकार शालिकराम पुडासैनी मृत्यु सम्बन्धमा बल्ल बोलिन् रेनु दाहाल

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु सम्बन्धमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम विभिन्न क्षेत्रबाट भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोलकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।

महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।

सम्बन्धित समाचार