प्रतिभा मिस टिन २०१९ बन्न सफल

थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ को उपाधि जितेकी छिन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन्।

प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ ।



सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौंको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छिन् । राईले उपाधि जितेसँगै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएकी छिन् । रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिईन् ।

प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् भने आमा दुर्गालक्ष्मी राई शिक्षक हुन् ।

सम्बन्धित समाचार